site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भरुवा बन्दुकसहित पाँचजना पक्राउ

काठमाडौं । सुनसरीमा भरुवा बन्दुकसहित प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१३ का ३५ वर्षीय ज्योतिष चौधरीलगायत व्यक्तिहरू छन् ।

पक्राउ पर्ने अरू व्यक्तिमा कारमा सवार सुनसरीकै रामधुनी नगरपालिका–७ का ३३ वर्षीय सन्जु राई, ३१ वर्षीय विनयराज धामी, २८ वर्षीय दिवश माझी र मोरङको सुन्दरहरैँचा नगरपालिका–२ का ४१ वर्षीय मेहरमान भुजेल छन् ।

धरान उपमहानगरपालिका–१९, हरियाली चारकोसे जंगलबाट शनिबार (हिजो) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । उनीहरूका साथबाट एकथान भरुवा बन्दुक, त्यसमा लाग्ने फलामका गोली तीन, टोटा बन्दुकका गोली दुई, बारुद र खुकुरी एकथान बरामद गरिएको छ ।

धरानबाट रासतालतर्फ जाँदै गरेको बा४च ४३३ नम्बरको कारमा उनीहरू सवार थिए । प्रहरी जाँचका क्रममा कारमा उक्त हातहतियार फेला पारी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro