site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बिहानको कफी उत्तम, दिउँसो वा साँझको जोखिम

काठमाडौं । बिहानको तातो पेय अहिले संसारभर अनिवार्यजस्तै भएको छ । जाडो होस् या गर्मी, गाउँ होस् या सहर जुनसुकै याम र स्थानका मानिस आफ्नो दैनिकी चिया/कफीबाटै सुरु गर्छन् । 

झन् जाडो महिनामा त मानिसहरुको पहिलो रोजाइमा कफी नै पर्ने गरेको छ। जानेर वा नजानेर कफी पिउँदै आउनुभएको छ भने तपाईंले आफ्नो आयु लम्ब्याइरहनुभएको छ । एक अध्ययनअनुसार कफी पिउने व्यक्तिहरुमा हृदयरोग र सामान्य मृत्युदर कम हुने देखिएको छ।
  
कसैलाई त बिहान मात्र होइन, दिउँसो वा साँझ पनि कफी नभई हुन्न । वैज्ञानिकहरूका अनुसार दिउँसो वा साँझको कफीले भने सर्काडियन लय र मेलाटोनिन जस्ता हर्मोनको स्तरमा बाधा पुग्ने सम्भावना छ । यसले शरीर सुन्निने र रक्तचापजस्ता मुटुसँग सम्बन्धित रोग लाग्ने  उनीहरूको भनाइ छ । 

गर्भवती अवस्थामा कफी पिउनु भने जोखिमपूर्ण हुनसक्ने निचोड उक्त समीक्षाको छ। यो अनुसन्धानको प्रतिवेदन युरोपियन हार्ट जर्नलमा प्रकाशित भएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  ०५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro