site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

बोगोटा । उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार पुष्टि गरेका छन् ।

प्यासिफिका ट्राभलद्वारा सञ्चालित उक्त विमान बुधबार जुराडोबाट मेडेलिन जाँदै गर्दा बेपत्ता भएको थियो । विमान एन्टिओक्वियाको उत्तरपश्चिम उराओको ग्रामीण क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ । विमानमा चालक दलका दुई सदस्य र आठ यात्रु सवार थिए ।

एन्टिओक्वियाको जोखिम व्यवस्थापन विभागका निर्देशक कार्लोस रियोस पुएर्टाले भने, “दुर्भाग्यवश, त्यहाँ कोही पनि बाँचेका छैनन् । हामीसँग साइटमा ३७ कर्मचारी काम गरिरहेका छन् । प्रतिकूल मौसमी अवस्थाले रिकभरी प्रक्रियालाई जटिल बनाएको छ ।”

उनले थपे, “हामीले यो प्रक्रियालाई सकेसम्म छिटो र प्रभावकारी बनाउन प्रयास गरिरहेका छौँ ।”

प्यासिफिक ट्राभलले विज्ञप्ति जारी गर्दै पीडित परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । “हामी सधैँ उनीहरूको साथमा रहनेछौँ । यस दुःखद घटनाबाट उत्पन्न हुने हरेक आवश्यकतालाई पूरा गर्नेछौँ ।” रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro