site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जापानको विश्वविद्यालयमा हथौडा आक्रमण, आठजना घाइते

टोकियो । जापानको राजधानी टोकियोस्थित एक विश्वविद्यालयमा शुक्रबार भएको हथौडा आक्रमणमा परी कम्तीमा आठजना घाइते भएका छन् । प्रहरी स्रोतलाई उद्धृत गर्दै सरकारी प्रसारक एनएचकेले उल्लेख गरेअनुसार होसेई विश्वविद्यालयको तामा क्याम्पसमा दिउँसो आक्रमण भएको थियो ।

जिजी प्रेसका अनुसार, आक्रमणमा संलग्न भएको आरोपमा सोही क्याम्पसमा समाजशास्त्र अध्ययन गर्ने २० वर्षीया एक किशोरीलाई पक्राउ गरिएको छ । एफएनएनका अनुसार, आक्रमणकारी छात्रालाई थप आक्रमण गर्नबाट विश्वविद्यालयका कर्मचारीले रोकेका थिए ।

जापानमा हिंसात्मक अपराधको यो दुर्लभ घटना हो । प्रहरीले एएफपीसँग तत्काल घटनाका बारेमा विस्तृत विवरण प्राप्त भइनसकेको जनाएको छ । जापानमा बन्दुक नियन्त्रणका निम्ति कडा कानुन छ ।

एनएचकेको लाइभ फुटेजमा जापानको राजधानीको उपनगरीय माचिडा जिल्लास्थित क्याम्पसमा आपत्कालीन सवारीसाधनको लाइन लागेको र साइरनसहित रातोनिलो बत्ती चम्किरहेको देखिएको छ ।

जापानमा सन् २०२२ मा पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्यालगायत बेलाबेलामा छुरा प्रहार र कहिलेकाहीँ गोली हानाहानका घटना समेत हुने गरेको छ ।

गएको डिसेम्बरमा जापानको दक्षिणपश्चिमी क्षेत्रस्थित म्याकडोनल्ड रेस्टुरेन्टमा छुरा प्रहार गरी एक विद्यार्थीको हत्या गरिएको थियो । अर्का एकजना घाइते भएका थिए । उक्त आक्रमणमा संलग्न भएको आरोपमा एकजनालाई पक्राउ गरिएको थियो ।

सन् २०१९ मा जापानको कावासाकी सहरमा छुरा प्रहार गरी एक स्कुले छात्रासहित दुईजनाको हत्या गरिएको थियो । एक दर्जनभन्दा बढी घाइते भएका थिए ।

उक्त घटनामा ५१ वर्षीय आक्रमणकारीले बालबालिकाको एक समूहमाथि प्रहार गरेका थिए । घाँटीमा छुरा प्रहार गरेको अनुसन्धानपछि पुष्टि भएको थियो । रासस/एएफपी

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro