site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाजुरामा जीपको ठक्करबाट महिलाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

बाजुरा । जीपको ठक्करबाट बाजुराको बूढीनन्दा नगरपालिकाको पाण्डुसैनमा एक महिलाको मृत्यु भएको छ । कोल्टीबाट मार्तडी आउँदै गरेको सुपप्र ०१–००१–४४३० नम्बरको जीपले बाटोमा हिँडिरहेकी ६० वर्षीया रुपीसवा धामीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

बूढीनन्दा–१० घर भई बूढीनन्दा–९, पाण्डुसैन छोरीको घर बस्दै आएकी धामीलाई उपचारका लागि कोल्टी आधारभूत अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । ठक्कर दिने जीप चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro