site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धादिङमा हत्या गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । धादिङमा हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  खनियाबास गाउँपालिका–१ झार्लाङका २४ वर्षीय नेशन तामाङ छन् ।

प्रहरीका अनुसार, उनीमाथि सोही ठाउँका ४५ वर्षीय रामबहादुर तामाङको हत्या गरेको आरोप लागेको छ । पुस १४ गते राति नेशन र अर्का ४५ वर्षीय खलासे तामाङले लेनदेन विवादमा रामबहादुरलाई कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएका रामबहादुर मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा बिहीबार निधन भएको प्रहरीले जनाएको छ ।

फरार रहेका खलासेको खोजी भइरहेको छ 

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro