site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
लस एन्जलस डढेलो : १० जनाको मृत्यु, धेरै भाग भग्नावशेषमा परिणत (२३ तस्बिर)
तस्बिरहरू : एएफपी/एपी/एजेन्सी ।

लस एन्जलस । क्यालिफोर्नियाको लस एन्जलसमा फैलिएको भीषण डढेलोका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ ।

आगोबाट आक्रान्त बनेको लस एन्जलस र वरपरका क्षेत्रमा क्यालिफोर्नियाको नेसनल गार्डका सैनिकलाई परिचालन गर्ने तयारी गरिरहेको अधिकारीले बताएका छन् । संयुक्त राज्य अमेरिकाको दोस्रो ठूलो सहरको धेरै भाग भग्नावशेषमा परिणत भएका बेला क्यालिफोर्नियाको नेसनल गार्डका सैनिकलाई परिचालन गर्ने तयारी गरिएको हो ।

आगो निभाउने अभियान रातभर चलिरह्यो । पानी छर्कने हेलिकोप्टरका चालकले हावाको सुस्तताले आगो निभाउने अभियानलाई साथ दिएको बताएका छन् । तर, नयाँ डढेलो निस्कने क्रम जारी छ ।

लस एन्जलस काउन्टीका शेरिफ रोबर्ट लुनाले रातको समयमा कर्फ्यु लगाउने योजना रहेको र राज्यको नेसनल गार्डले प्रभावित क्षेत्रमा गस्ती गरिरहेको बताएकी छन् ।

गभर्नर गेभिन न्युसमले हजारौँको संख्यामा सेनाका सदस्य र सरकारी कर्मचारी तैनाथ गरिएको बताएका छन् । उनले भने, “हामी आगामी दिनमा समुदायको सुरक्षाका निम्ति नेसनल गार्ड सेवाका सदस्यसहित सबै तैनाथ गरिरहेका छौँ । यसले सहरमा हुन सक्ने सम्भावित लुटपाटका घटनालाई नियन्त्रण गर्न सकिनेछ ।”

लुनाका अनुसार, अधिकारीहरूले उद्धार क्षेत्रमा गस्ती गरिरहेका छन् । र, त्यहाँ नबस्ने जो कोहीलाई पनि परिचयपत्रका आधारमा पक्राउ गर्नेछन् ।

सबैभन्दा ठूलो डढेलो प्यासिफिक पालिसाडेस आसपासको करिब २० हजार एकड (आठ ८०० हेक्टर) क्षेत्रमा फैलिएको छ । अल्टाडेना वरपरको अर्को डढेलोले १३ हजार ७०० एकड जमिन जलेर नष्ट भएको छ । रासस/एएफपी

तस्बिरहरू हेर्नोस्–

d7-1736500359.jpg

d8-1736500359.jpg

d9-1736500359.jpg

d10-1736500359.jpg

d3-1736500358.jpg

d4-1736500358.jpg

d5-1736500358.jpg

d6-1736500358.jpg

d2-1736500357.jpg

d1-1736500357.jpg

d20-1736500400.jpg

d21-1736500400.jpg

d22-1736500400.jpg

d14-1736500399.jpg

d15-1736500399.jpg

d16-1736500399.jpg

d17-1736500399.jpg

d18-1736500399.jpg

d13-1736500398.jpg

d12-1736500398.jpg

d24-1736500422.jpg

d23-1736500422.jpg

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro