site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चिसोका कारण विद्यालयमा विद्यार्थी घटे

उदयपुर । चार दिनदेखि चिसो बढेर शीतलहर सुरू भएसँगै उदयपुरमा जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि विभिन्न विद्यालयमा खासगरी आधारभूत तहका विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुँदै गएको सम्बन्धित विद्यालयका शिक्षकहरू बताउँछन् ।

त्रियुगा, चौदण्डीनढी नगरपालिकासहितका विद्यालयमा सरकारी तथा निजी विद्यालयका साना कक्षाका विद्यार्थी चिसोका कारण प्रभावित भई विद्यालयमा न्यून उपस्थित हुन थालेको त्रियुगा–१ जोगीदह जनता माविका शिक्षक देवन राईले बताए । 

त्रियुगा–११ पिसजोन स्कुलका शिक्षक भूपेन्द्र थापाका अनुसार कक्षा ४ भन्दा तल्ला तहका विद्यार्थी चार दिनदेखि चिसो बढेर शीतलहर सुरू भएसँगै २५ प्रतिशतमात्र उपस्थिति भएको शिक्षक थापाले बताए । 

चौदण्डीगढी–९ हँडियास्थित जनता माविका शिक्षक बाबुनारायण चौधरीका अनुसार चिसो बढेर शीतलहरसमेत सुरू भएका कारण विद्यालयमा अध्ययन गर्ने साना कक्षाका विद्यार्थी चिसोबाट नकारात्मक प्रभावमा परेका कारण विद्यालयमा न्यून उपस्थिति हुन थालेको छ ।

त्रियुगा नगरपालिका–१३ पोर्ताहका रामदेव चौधरीले शीतलहर र हुस्सुसमेत सुरू भएकाले घरका नानीहरू विद्यालय जानसक्ने अवस्था नरहेकाले दिनभर घरमा नै न्यानो लुगा ओढेर बस्न थालेको बताए । 

चिसो बढेकाले नानीहरूलाई विद्यालय पठाइयो भने असर गर्ने भन्दै अभिभावकहरूले विद्यालय पठाउन छाडेका छन् ।

चार दिनदेखि उदयपुरको तराई क्षेत्र त्रियुगा, बेलका, चौदण्डीगढी र कटारी नगरपालिका क्षेत्रमा शीतलहरसँगै जनजीवन प्रभावित भएको स्थानीय बताउँछन् ।

अत्यधिक चिसो बढ्दै गएपछि नगर क्षेत्रका वृद्धवृद्धासमेत घरभित्र आगो तापेर  बस्न बाध्य छन् । रासस

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  ०७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro