site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रवि आफैँ काठमाडौं अदालतमा उपस्थित हुने, प्रहरीले छाड्ने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले छाड्ने भएको छ । प्रहरी स्रोतका अनुसार काठमाडौं जिल्ला अदालतमा दायर भएको मुद्दामा लामिछाने आफैँ उपस्थित हुने सन्देश पठाएका छन् ।

जिल्ला अदालत कास्कीले लामिछानेलाई बिहीबार ६५ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । उनको धरौटी बुझाउने प्रक्रिया चलिरहेको छ । बैंक जमानत जम्मा गर्ने र त्यसपछि लामिछाने जिल्ला अदालतबाट बाहिरिनेछन् ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा पनि लामिछाने जोडिएका छन् । त्यसको बयानका लागि आफैँ अदालतमा उपस्थित हुने लामिछानेले बताएका छन ।

जिल्ला अदालत कास्कीले धरौटीमा छाडेता पनि लामिछानेलाई पुनः पक्राउ गरेर काठमाडौं लगिने चर्चा थियो । तर, प्रहरीले भने पक्राउ नगर्ने जनाएको छ ।

 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  २०:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro