site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुर्गा प्रसाईंलाई ३ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको छ । 

बिहीबार थुनछेक बहसपछि न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले धरौटीमा रिहा गर्न आदेश गरेको हो । 

भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएर आपराधिक लाभ लिएको कसुरमा पुस २४ मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रसाईंसहित तीनजनाविरुद्ध संगठित आपराधिक लाभ (एक्सटर्सन) लिएको कसुरमा अभियोगपत्र दर्ता गरेको थियो । 

प्रसाईंसहित पाँचथरका हरिचन्द्र फुयाँल ‘नवीन’ र तेह्रथुमका रामचन्द्र मैनालीलाई प्रतिवादी कायम गरिएको थियो । 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro