site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
आन्ध्र प्रदेशको तिरुपति मन्दिरमा भागदौड, चारजनाको मृत्यु 

काठमाडौं । आन्ध्र प्रदेशको तिरुपति मन्दिरमा बुधबार राति भएको भागदौडमा चारजनाको मृत्यु भएको छ ।

मन्दिरको वैकुण्ठ गेटमा दर्शनका लागि टोकन बाँड्ने क्रममा भागदौड भएको थियो । उक्त भागदौडमा थुप्रै मान्छे घाइते भएका बीबीसीले जनाएको छ । 

आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले भागदौडमा चार भक्तजनको मृत्युप्रति दुःख व्यक्त गरेका छन् ।

माघ १० गतेदेखि सुरु हुने दश दिने वैकुण्ठ द्वार दर्शनका लागि देशभरबाट ठूलो संख्यामा भक्तजनको घुइँचो लागेको छ ।
 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  ०६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro