site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
तिब्बतमा भूकम्पपछि ६४६ परकम्प

ल्हासा । दक्षिण–पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको दिंग्री काउन्टीमा मंगलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बुधबार दिउँसोसम्म कुल ६४६ परकम्प पत्ता लागेको क्षेत्रीय सरकारले जनाएको छ ।

क्षेत्रीय आपत्कालीन व्यवस्थापन विभागका प्रमुख होङ लीका अनुसार सबैभन्दा ठूलो परकम्पको म्याग्निच्युड ४.४ थियो र यो केन्द्रविन्दुबाट करिब १८ किलोमिटर टाढा थियो ।

भूकम्पमा १२६ जनाको मृत्यु भएको छ र अन्य १८८ जना घाइते भएका छन् । भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार, सडक र बिजुली सेवा पुनर्स्थापना गरिएको छ ।

चाइनिज रेड क्रस सोसाइटी (आरसीएससी)ले मंगलबार राति भूकम्प प्रभावित क्षेत्रहरूमा दोस्रो चरणको राहत सामग्री पठाएको छ । यसमा कपडाको पाल, सिरक र फोल्डिङ बेडलगायत चार हजार तीन सय वस्तु समावेश छन् ।

आरसीएससीद्वारा आपत्कालीन सरसफाइ शौचालय, खाना पकाउने गाडी र क्याम्पर गाडीलगायत अन्य आपत्कालीन प्रतिक्रिया सामग्रीसहित ५० भन्दा बढी उद्धारकर्मी पनि प्रभावित क्षेत्रमा पठाइएका छन् ।रासस/सिन्ह्वा

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १८:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro