site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वर्षाले वायु केही सफा, चार सहर अझै अस्वस्थकर

काठमाडौं । देशका विभिन्न सहरमा वायु प्रदूषण कम भएको छ । मंगलबार कतिपय स्थानमा भएको छिटपुट वर्षापछि वायु प्रदूषण घटेको हो । तर, काठमाडौंसहित चार सहर अझै अस्वस्थकरको सूचीमा छन् ।

वातावरण विभागका अनुसार, बुधबार मध्याह्न १२ बजे पछिल्लो २४ घण्टाको वायुको गुणस्तरका आधारमा काठमाडौंको रत्नपार्क, धनुषाको जनकपुर, चितवनको भरतपुर र दाङको देउखुरी अस्वस्थकर छन् ।

ती सहरको ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) १५० भन्दा माथि छ । सबैभन्दा धेरै जनकपुरमा १५८ एक्यूआई मापन भएको छ । त्यहाँको वायुमा पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा बढेर ६५.६ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको रेकर्ड छ ।

काठमाडौंको रत्नपार्कमा सोही अवधिमा एक्यूआई १५१ र पीएम २.५ को मात्रा ७२ छ । यस्तै, भरतपुरमा एक्यूआई १५३ र पीएम २.५, ६३.७  तथा देखुरीमा एक्यूआई  १५२ र पीएम २.५, ८०.४ पुगेको विभागको तथ्यांक छ ।

मंगलबार दिउँसो ती सहरमा एक्यूआई १६० भन्दा माथि र पीएम २.५ को मात्रा १११ सम्म पुगेको थियो । मंगलबार दिउँसो ललितपुरसहित केही जिल्लामा भएको सामान्य वर्षा र हावाहुरीपछि वायु केही सफा भएको विभागले जनाएको छ । 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले एक्यूआई १५० भन्दा माथि रहेको वायु अस्वस्थकर मान्छ । त्यसभन्दा माथि भए वायु अस्वस्थकर र जति एक्यूआई बढ्दै गयो उति घातक मानिन्छ ।

पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ को मात्रा पाँच माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।

पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro