site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अदालतमा उपस्थित

विराटनगर । मोरङको उमागौरी सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी अञ्जला कोइराला अदालतमा उपस्थित भएकी छन् । लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमतीसमेत रहेकी कोइराला बुधबार बयानका मोरङ जिल्ला अदालतमा उपस्थित भएकी हुन् ।

उनीसहित २५ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि अञ्जलासहितका आरोपित फरार थिए । रोशन राजवंशी भने यसअघि नै पक्राउ परिसकेका छन् ।

उमागौरी सहकारीका बचतकर्ता र ऋणीले कोइरालासहित संस्थाका अध्यक्ष श्याम रौनियारविरुद्ध उजुरी दर्ता गराएका थिए ।

उनले अब सहकारी रकम अपचलन र ठगी मुद्दाको विषयमा अदालतमा बयान दिनेछिन् । कोइरालाको बयान अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलास हुनेछ ।‌ त्यसपछि थुनछेक बहस सुरु हुनेछ ।

कोइराला विराटनगरस्थित महेन्द्र रात्रि माध्यमिक विद्यालयकी शिक्षक हुन् ।

*यसअघि 'जिल्ला अदालत' हुनुपर्नेमा 'उच्च अदालत' भएकाले सच्याइएको छ ।
 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  ११:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro