site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पोल्यान्ड पठाइदिने बहानामा ठगी गर्ने दुई व्यक्ति पक्राउ

काठमाडाैं । बेरोजगार युवाहरूलाई वैदेशिक रोजगारीका लागि पोल्यान्ड पठाइदिने बहानामा रकम ठगी गर्ने दुई व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडाैं महानगर ३१ बस्ने सप्तरी जिल्ला विष्णुपुर ७ का ३१ वर्षीय कृष्ण यदुवंशी र काठमाडाैं महानगर २६ सामाखुसी बस्ने गोरखा जिल्ला सुलिकोट ०४ का ३७ वर्षीय राजेश बराम छन् । 

उनीहरूले युवाहरूसँग आफ्नो र विभिन्न व्यक्तिको बैंक खातामा रकम जम्मा गर्न लगाई लामो समयसम्म झुक्याई विदेश नपठाई सम्पर्क समेत नगरी ठगी गरेकाे काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएकाे छ ।

पक्राउ परेकामध्ये यदुवंशीले ७२ लाख ४८ हजार १५० ठगी गरेकाे र बरामले आठ लाख ९० हजार ठगी गरेकाे प्रहरीले जनाएकाे छ । 

उनीहरू दुवैलाई साेमबार उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडाैं पठाइएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro