site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पर्यटकीयस्थल घोडेपानीमा हिमपात

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घोडेपानीमा आज दिउँसो हिमपात भएको छ ।  

समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा रहेको घोडेपानी गण्डकी प्रदेशको म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ र कास्की जिल्लालाई समेटेको अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तब्य हो । घोडेपानीका होटेल व्यवसायी बिसन रानाले यो वर्ष पहिलोपटक हिउँ परेको बताए ।

“दिउँसो करिब एक घण्टा हिउँ परेको थियो,” उनले भने, “ओसिलो ठाउँ र डाडामा हिउँ जमेको छ ।” हिमपातपछि चिसो बढेको छ । जनजीवन प्रभावित भएको छ । स्थानीयवासीहरू घरभित्रै आगो तापेर बसेका छन् ।

आज दिउँसो म्याग्दीमा हल्का वर्षा भएको छ । करिब तीन महिनापछि वर्षा भएको हो । हल्का वर्षाले हिउँदे बालीलाई सामान्य राहत पुगे पनि सिँचाइका लागि पर्याप्त नभएको कृषि प्राविधिक र कृषकहरूले बताएका छन् । रासस

 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro