site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कम्पनी नै खोलेर ललितपुरमा अवैध सट्टेबाजी, दुई भारतीयसहित ५३ जना पक्राउ

काठमाडौं । अवैध कल सेन्टर सञ्चालन गरेको आरोपमा ललितपुरबाट दुई भारतीयसहित ५३ जना पक्राउ परेका छन् । पक्राउ पर्ने भारतीय नागरिकमा मनिश कुमार झा र राहुल मेगोडा छन् । मनिश टिम लिडर हुन् भने राहुल ट्रेनिङ म्यानेजर हुन् ।

पक्राउ पर्ने नेपालीमा एचआर म्यानेजर ओखलढुंगाकी मोनी दाहाल, इन्चार्ज सिन्धुपाल्चोककी सुस्मिता नेपाली, म्यानेजर झापाका रोशन बस्नेत, आईटी सपोर्टर काठमाडौंका आदित्यकुमार सिंह र ओभरअल टिम लिडर काभ्रेका सलिन श्रेष्ठसहित छन् ।

प्रारम्भिक अनुसन्धानपछि दुई भारतीय र पाँच नेपालीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ (संशोधनसहित) परिच्छेद ५दफा १२५ (४) को ‘सट्टाबाजी गर्न नहुने’ सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको छ । बाँकी ४६ जनामाथि पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार, भारतीय नागरिकले नेपालीसँगको मिलेमतोमा ललितपुरको सातदोबाटोमा एउटा फ्ल्याट नै भाडामा लिएर कल सेन्टर सञ्चालन गरेका थिए । नेपाली युवायुवतीलाई राम्रो आम्दानी हुने प्रलोभन देखाएर गैरकानुनी काममा लगाइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

सीआईबीले उनीहरूको साथबाट ९६ थान मोबाइल र ८५ थान ल्यापटप बरामद गरेको छ । 

प्रारम्भिक अनुसन्धानमा कल सेन्टरबाट सिंगम लोयट्री, आन्ना लोयट्री, भाउ लोयट्रीसिहत ग्याम्ब्लिङ्स एपहरूको दुरुपयोग गरेर डिजिटल वालेटहरूमा रकम जम्मा गर्न लगाएको खुलेको छ ।

यस्तै, पक्राउ परेका भारतीय नागरिक केही समयअघि विभिन्न देशमा सोही प्रकृतिको कारोबारमा संलग्न भएको पाइएको छ । यही समूहले विभिन्न सात देशमा समेत अवैध सट्टेबाजी क्रियाकलाप सञ्चालन गरिरहेको अनुसन्धानबाट खुलेको छ ।

नेपालमा भने प्रोलिंक सोलुसन प्राइभेट लिमिटेड नामक कम्पनी दर्ता गरेर नौ महिनादेखि कल सेन्टर चलाएर अवैध सट्टेबाजी सञ्चालन गरिरहेको पाइएको सीआईबीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro