site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अपोलो टायरको पहलमा भक्तबहादुरले पाए म्यानचेस्टरको मैदानमा खेल्ने अवसर

काठमाडौं । अपोलो टायर र म्यानचेस्टर युनाइटेडबीचको सहकार्यमा युनाइटेड वी प्ले (यूडब्ल्यूपी)को चौथो संस्करण सम्पन्न भएको छ । युनाइटेड वी प्लेमार्फत नेपालका युवा फुटबल खेलाडी भक्तबहादुर परियारले म्यानचेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा तालिम एवं फुटबल लेजेन्डहरूसँग खेलेका छन् । 

एसिया प्यासिफिक र मेना क्षेत्रका एक हजार पाँच सय प्रतिस्पर्धी यो अवसरका लागि प्रतिस्पर्धामा थिए । सहभागीमध्ये नेपालका परियारसहित भारत, थाइल्यान्ड र यूएईका ६ जनाले मात्रै यो अवसर पाएका हुन् ।

भक्तबहादुर परियारसँगै भारतका पीसी लालछुआनवमा, श्रीजल किस्कु मोहम्मद अयान, थाइल्यान्डका चानसन चैयाथम र युएईका शायन नबिलले यो अवसर पाएका हुन् । उनीहरूले खेल्ने र म्यानचेस्टर युनाइटेड सकर स्कुलका प्रशिक्षकहरूसँगै प्रशिक्षण गर्ने मौका पाएका थिए । 

यस्तै, म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी एवं आइरिस फुटबल प्रशिक्षक जोन ओुसियालगायतसँग भेट्ने अवसर पनि पाएका थिए । 

अपोलो टायरले म्यानचेस्टर युनाइटेडसँगको सहकार्यमा युवा फुटबल खेलाडीलाई प्रोत्साहन गर्न यो युनाइटेड वी प्ले कार्यक्रम सुरु गरेको थियो । कम्पनीले यसलाई वान्स–इन–अ–लाइफटाइम अवसरमा भनेको छ । 

म्यानचेस्टर युनाइटेडका एकेडेमीका प्रमुख निक कोक्सले युनाइटेड वी प्लेले युवा बच्चाहरूलाई जीवन्त अनुभव दिएको बताएका छन् । म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी जोन ओ’सियाले युवा खेलाडीका लागि यो शीर्ष स्थानमा पुग्न के गर्नुपर्छ भन्ने अनुभव प्राप्त गर्ने अवसर भएको बताए ।

अपोलो टायर्सका मार्केटिङ, खेलकुद एवं सामुदायिक प्रमुख रेमस डी क्रुजले युवाहरूका लागि यो फुटबलमा मात्र नभएर जीवनलाई नै सही स्थानमा राख्न सिकाउने अवसर भएको बताए ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १५:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro