site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तिब्बतमा भूकम्प : प्रहरीले भन्यो– धादिङमा क्षतिको विवरण छैन
उत्तरी धादिङको दृश्य । फाइल तस्बिर : बाह्रखरी ।

काठमाडौं । चीनको तिब्बतमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पको धक्का नेपालमा समेत महसुस गरिएको छ । केही जिल्लामा कडा धक्का महसुस गरिए पनि क्षतिको कुनै विवरण प्राप्त नभएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

उक्त भूकम्पको धक्का धादिङमा समेत महसुस गरिएको थियो । धादिङमा पनि क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

तिब्बतसँग सीमा जोडिएका उत्तरी धादिङका बस्तीहरूमा क्षति भए/नभएबारे टेलिफोनमार्फत जानकारी लिइएको धादिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालले जानकारी दिए ।

रुबिभ्याली गाउँपालिकाको सेर्तुङबाहेकका बस्तीमा टेलिफोनबाट जानकारी लिइएको उनले बताए । “रुबिभ्यालीको सेर्तुङबाहेकको बस्ती तिप्लिङ, झार्लाङलगायत ठाउँमा फोन सम्पर्क भयो । क्षति भएको भन्ने कुनै विवरण आएको छैन,” उनले बाह्रखरीसित भने ।

तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर मंगलबार बिहान ६ बजेर ५० मिनेट (नेपाली समय)मा ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro