site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
संखुवासभामा क्षतिको विवरण छैन, १५/२० सेकेन्ड हल्लायो : प्रहरी

काठमाडौं । चीनको उत्तरी तिब्बत केन्द्रविन्दु भएर मंगलबार बिहान गएको भूकम्पको धक्का नेपालका पनि धेरै स्थानमा महसुस गरियो । तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

उक्त भूकम्पको केन्द्रविन्दु नेपालको सगरमाथा क्षेत्रबाट करिब ९० किलोमिटर उत्तरमा पर्ने केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए । भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो ।

भूकम्पको केन्द्रविन्दुबाट केही किलोमिटर टाढा रहेको नेपालको संखुवासभामा थोरै सेकेन्ड धक्का महसुस गरिएको प्रहरीले जनाएको छ । “खाँदबारी (संखुवासभा)मा समेत राम्रै हल्लायो,” जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बाह्रखरीसित भने, “१५/२० सेकेन्डजति हल्लायो ।”

भूकम्पबाट हालसम्म जिल्लामा क्षतिको कुनै विवरण प्राप्त नभएको उनले बताए । “केन्द्रविन्दुबाट नजिकजस्तो हो, क्षतिको कुनै विवरण आएको छैन,” उनले भने, “क्षति भए/नभएको बुझ्न प्रहरी टोली खटिएको छ ।”

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ०९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro