site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भूकम्पबाट क्षति भए/नभएको विवरण संकलन गर्न प्रहरीको सर्कुलर 

काठमाडौं । नेपाल प्रहरीले भूकम्पबाट क्षति भए/नभएको विवरण संकलन गर्न सुरु गरेको छ । 

प्रहरी प्रधान कार्यालय नक्सालले देशभरका प्रहरी युनिटलाई स्थानीयस्तरमा पुगेर क्षति भए अथवा नभएको जानकारी संकलन गर्न निर्देशन दिएको हो । 

प्रहरीका केन्द्रीय प्रवक्ता विश्व अधिकारीले विशेषगरी उत्तरी क्षेत्रमा स्थानीयस्तरमा पुगेर जानकारी लिन निर्देशन दिएको जानकारी दिए ।

“उत्तरी क्षेत्रनजिक केन्द्रविन्दु भएकाले त्यसक्षेत्रमा थप सक्रिय हुन प्रहरी युनिटलाई सर्कुलर जारी गरेका छौँ,” प्रवक्ता अधिकारीले बाह्रखरीसँग भने । 

बिहान ६ बजेर ५० मिनेटमा गएको भूकम्प ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ०७:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro