site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बढाइभन्दा घटाइ बढी, पुस मसान्तमा साना लगानीकर्ता आकर्षित गरिँदै

काठमाडौं । पछिल्ला चार दिनको कारोबारमा नेप्से परिसूचक ६४.१७ अंकले बढेको छ । त्यसअघिका दुई कारोबार दिनमा नेप्से ५४.२० अंकले घटेको थियो । दुई दिन घटेको बजार रिकोभर हुन सोमबार बढेको उच्च अंकले सहयोग पुगेको छ । सोमबार बजार ४९.१२ अंकले बढेको छ ।

पछिल्लो एक महिनाको २० कारोबार दिनलाई आधार मान्दा सेयर बजार बढी घटेको छ । २० कारोबार दिनमा बजार नौ कारोबार दिन बढेको छ भने ११ कारोबार दिन घटेको छ ।

११ कारोबार दिनमा बजार २७०.५७ अंकले घटेको छ । नौ कारोबार दिनमा बजार १६०.४१ अंकले बढेको छ । तर, पछिल्ला दिनमा कारोबार रकम बढ्दै गएको छ । पछिल्ला चार कारोबार दिनमा बजार बढेसँगै कारोबार रकम पनि बढ्दै गएको देखिन्छ । गएको साताको बुधबार तीन अर्ब ५९ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएकोमा बिहीबार चार अर्ब ६० करोड, यो साताको आइतबार चार अर्ब ८६ करोड र सोमबार ६ अर्ब ३० करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

मंसिर २७ गतेयता १३ करोबार दिनमा ६ अर्बभन्दा कमको सेयर खरिद–बिक्री हुँदै आएको थियो । १३ कारोबार दिनपछि सोमबार ६ अर्बभन्दा बढीको सेयर खरिद–बिक्री भएको हो । सोमबार नेप्से परिसूचक ४९.१२ अंकले बढेको छ । ६ अर्ब ३० करोड ५४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । मंसिर २७ गते ६ अर्ब १४ करोड ४० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

तर, एक महिनाअगाडि मंसिर २० गते आठ अर्ब ३६ करोड ९६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । त्यसपछिका १३ कारोबार दिनमा सेयर कारोबार रकमले ६ अर्ब पार गर्न सकेको थिएन ।

पुस मसान्तमा बजार बढ्नुलाई सेयर कारोबारी हावी भएको हुनसक्ने सेयर बजारका जानकारहरूको अनुमान छ । पुस मसान्तमा बैंकको ब्याज तथा कर तिर्नुपर्ने भएकाले पनि कारोबारीहरूले बजारमा खेल्न खोजेको हुनसक्ने अनुमान गरिएको छ । सोमबार उच्च अंकले बढेकाले यो हप्ता कारोबारीहरूले सेयर बिक्री गर्न सक्ने सम्भावना बढी छ ।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro