site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सबै निकायका ताला खुलेपछि त्रिविमा चहलपहल (तस्बिरहरू)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका प्रमुख निकायहरूमा झन्डै एक महिनाअघिदेखि लागेको ताला खुलेपछि चहलपहल बढेको छ । उपकुलपति तथा राजिष्ट्रार कार्यालय, केन्द्रीय क्याम्पस प्रमुखको कार्यालयलगायत केन्द्रीय विभागमा विद्यार्थीले आन्दोलनका कार्यक्रम स्थगित गरेसँगै कामकाज सुचारु भएको छ ।

३५ बुँदे माग राख्दै उपकुलपति केशरजंग बरालको कार्यकक्षअगाडि मंसिर २६ गतेदेखि आन्दोलन गरिरहेको अनेरास्ववियुसँग सहमति भएपछि उपकुलपति कार्यकक्षमा फर्किएका थिए ।

त्रिविको ६ सदस्यीय वार्ता टोलीसँग विद्यार्थी संगठनहरूको वार्तापश्चात पुस १४ गतेबाट नै आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको थियो । त्रिविका सबै विभाग र तहका कक्षामा हिउँदे बिदा चलिरहेका बेला सोमबार भने त्रिवि परिसरमा विद्यार्थी र कर्मचारीको चहलपहल देखिन्थ्यो ।

केन्द्रीय क्याम्पस भवनअगाडि घाम ताप्दै पढ्ने विद्यार्थीले भरिभराउ देखिन्थ्यो भने नयाँ बनेको केन्द्रीय पुस्तकालयलाई पनि विद्यार्थीले सदुपयोग गरेको पाइयो । ई–लाबइब्रेरीको अवधारणामा बनेको तीनतले नयाँ पुस्तकालय पूर्ण रूपमा भने सञ्चालनमा आएको छैन ।

हेरौँ त्रिवि परिसरमा सोमबार देखिएका केही दृश्यहरू

TU-Tribhuwan-University-(7)-1736170408.jpg

TU-Tribhuwan-University-(5)-1736170407.jpg

TU-Tribhuwan-University-(6)-1736170407.jpg

TU-Tribhuwan-University-(4)-1736170405.jpg

TU-Tribhuwan-University-(3)-1736170405.jpg

TU-Tribhuwan-University-(1)-1736170404.jpg

तस्बिर : अस्मिता रिजाल/बाह्रखरी

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro