site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पर्वतमा ग्यास चुहिएर आगलागी, वृद्धाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१०, पिपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घटनास्थलमा एक महिलाको मृत्यु भएको छ ।

पिपलटारीस्थित तल्लो रोहोटेका ध्रुव रेग्मीको घरको ग्यास आइतबार (आज) बिहान फेर्ने क्रममा चुहिएर एक्कासि आगलागी हुँदा जलेर छिमेकी ७३ वर्षीया दुर्गादेवी पौडेलको मृत्यु भएको हो । पौडेल चिया पिउन र दूध लिन रेग्मीको घरमा गएकी थिइन् ।

घरधनी ५२ वर्षीय रेग्मी गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार, जिल्ला अस्पताल पर्वतमा घाइतेको प्राथमिक उपचार गरिएको थियो । थप उपचारका निम्ति रेग्मीलाई पोखरा पठाइएको छ ।

आगलागीलगत्तै सदरमुकाम कुश्माबाट पुगेको प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट घरमा क्षति पुगेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विष्टले जानकारी दिए ।

ती महिलाको शव परीक्षणका निम्ति जिल्ला अस्पतालमा ल्याइएको प्रहरीले जानकारी दिएको छ । रासस

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro