site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ड्रोन आक्रमणमा परी रूसी पत्रकारको मृत्यु

मस्को । युक्रेनको डोनेट्स्क क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक रुसी युद्ध संवाददाताको मृत्यु हुनुका साथै अन्य चारजना सञ्चारकर्मी घाइते भएको रसियाली समाचार संस्था रिया नोभोस्तीले शनिबार जनाएको छ ।

डोनेट्स्क–गोर्लोभका राजमार्गमा रुसी पत्रकार चढेको कारमा ड्रोन प्रहार हुँदा रुसी पत्रिका इज्वेस्टियाका स्ट्रिङर अलेक्जेन्डर मार्टेमियानोभको मृत्यु भएको समाचारमा जनाइएको छ ।

“गोर्लोभकामा भएको गोलाबारीपछिको दृश्यांकन पछि हामी डोनेट्स्क फर्किरहेका थियौँ। राजमार्गमा मानव ड्रोनले हाम्रो कारलाई ठक्कर दियो,” आरआईए नोभोस्तीका संवाददाता म्याक्सिम रोमानेन्कोले भने । 
 
डोनेट्स्क क्षेत्रका प्रमुख डेनिस पुसिलिनले टेलिग्राममा सबै घाइते पत्रकारको उपचार भइरहेको बताएका छन् । रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले रुसी पत्रकारमाथि हुने आक्रमणका लागि ‘उचित समयमा प्रतिक्रिया’ दिइने बताएका छन् । रासस/एएफपी

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro