site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
श्रीलंकामा ११ किलो सुनसहित तीनजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

कोलम्बो । श्रीलंकाको नौसेनाले डुंगामा राखी देशबाहिर सुन तस्करी गरिरहेको अवस्थामा शनिबार तीनजनालाई पक्राउ गरेको छ । उत्तरपश्चिमी प्रान्तको कल्पितियानजिकैको समुद्री क्षेत्रबाट ११ किलो ३०० ग्राम सुनसहित उनीहरूलाई पक्राउ गरिएको नौसेनाले जनाएको छ ।

उक्त सुन र शंकास्पद व्यक्तिलाई कानुनी कारबाहीका निम्ति कटुनायकेस्थित भन्सार कार्यालयमा बुझाइएको नौसेनाले जनाएको छ ।

अवैध गतिविधिको निगरानी गर्न नौसेनाले टापु वरपरका तटीय र समुद्री क्षेत्रमा नियमित खोजी अभियान र गस्ती गर्ने क्रममा तस्करी गर्न लागिएको उक्त सुन भेटिएको हो । रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  २२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro