site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकाले आपूर्ति गरेका आठ अत्याधुनिक क्षेप्यास्त्र खसाल्यौँ : रुस

मस्को । रुसले अमेरिकाले आपूर्ति गरेको अत्याधुनिक (एटीएसीएमएस) क्षेप्यास्त्र खसालेको दाबी गरेको छ । युक्रेनले प्रयोग गरेको एटीएसीएमएस क्षेप्यास्त्रका कारण मध्य किभमा हाइपरसोनिक ब्यालेस्टिक मिसाइल आक्रमण हुन सक्ने रुसले चेतावनी दिएको छ ।

निवर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनले गत वर्ष युक्रेनलाई रुसविरुद्ध ३०० किलोमिटर (१९० माइल) दूरीका हतियार प्रयोग गर्न अनुमति दिएका थिए ।

रुसी रक्षा मन्त्रालयले भनेको छ, “रुसी हवाई सुरक्षा प्रणालीले अमेरिकामा निर्मित आठवटा एटीएसीएमएस क्षेप्यास्त्र र ७२ वटा ड्रोन खसालेको छ ।”

मन्त्रालयले पूर्वी लुगान्स्क क्षेत्रको केही बस्तीमध्ये एक युक्रेनी गाउँ नादियालाई पनि नियन्त्रणमा लिइएको जनाएको छ ।

सन् २०२४ मा युक्रेनमा मस्कोले करिब चार हजार वर्गकिलोमिटर (१,५४० वर्गमाइल) क्षेत्रलाई कब्जा गरेको एएफपीले प्रप्त गरेको विश्वस्त तथ्यांकले देखाएको छ ।

दुवै पक्षले एकार्कामाथि सन् २०१९ को सुरुदेखि नै सर्वसाधारणमाथि घातक आक्रमण गरेको आरोप लगाउँदै आएका छन् ।

युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रको एउटा गाउँमा शनिबार रुसले गरेको आक्रमणमा परी ७४ वर्षीय वृद्धको मृत्यु भएको क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले जानकारी दिए । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  १९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro