site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मौसमविद्लाई प्रश्न– सोमबार पानी पर्ने हो ?

काठमाडौं । देशका केही स्थानमा आउँदो सोमबार (पुस २२) पानी पर्ने सम्भावना छ । पश्चिम नेपालका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा वर्षाको सम्भावना छ । यी तीनै प्रदेशका एक/दुई स्थानमा पानी पर्न सक्ने महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बताए ।

उनका अनुसार, उक्त दिन यी प्रदेशमा आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रहनेछ । त्यससँगै हल्का हिमपात र वर्षाको सम्भावना रहेको उनले बताए ।

“आज र भोलिलाई सफा छ, सोमबार हल्काफुल्का वर्षाको सम्भावना हो,” उनले बाह्रखरीसित भने, “त्यो पनि एक/दुई स्थानमा हो, धेरै होइन ।”

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना देखिएको हो । वर्षाको मजबुत सम्भावना भने नरहेको उनले स्पष्ट पारे । उनले भने, “बादल लाग्छ, बादल लागेपछि एक/दुई स्थानमा पानी पर्न सक्छ । सोमबार हिमाली र उच्च पहाडी भूभागमा हल्का हिमपातको सम्भावना छ ।”

पानी पार्ने त्यो ठूलो प्रणाली नरहेको उनले जानकारी दिए । त्यसको प्रभाव पनि धेरै हुँदैन ।

त्यस दिन काठमाडौंमा वर्षाको सम्भावना छैन । “काठमाडौंमा (वर्षाको) सम्भावना छैन, ठूलो सिस्टम होइन । अलिअलि बादल देखिन सक्छ,” उनले भने ।

मंगलबार ‘क्लियर’ (मौसम सफा) हुन्छ त ? बाह्रखरीको जिज्ञासामा उनले भने, “मंगलबारलाई अहिले भन्न मिल्दैन । बादलको स्थिति परिवर्तन हुनसक्छ । भोलि (आइतबार) बिहानको बुलेटिनमा आउँछ ।”

महाशाखाले दैनिक रूपमा तीनदिने मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै आएको छ ।

महाशाखाले शनिबार बेलुका जारी गरेको तीनदिने मौसम पूर्वानुमान बुलेटिन पढ्नोस्–

b1-1735996090.jpgb2-1735996103.jpgb3-1735996115.jpg
 

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  १८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro