site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
विश्वका एक अर्ब मानिसमा दृष्टिसम्बन्धी समस्या
फाइल तस्बिर ।

काठमाडौं । विश्वमा एक अर्बभन्दा बढी मानिस दृष्टिसम्बन्धी समस्याबाट पीडित छन् । 

संयुक्त राष्ट्रसंघका अनुसार दृष्टि समस्याका कारण उनीहरू स्वास्थ्य सेवा, शिक्षा, रोजगारी र समुदायमा सहभागी हुने अवसरबाट वञ्चित हुने सम्भावना अधिक छ । उनीहरू गरिबी, हिंसा, बेवास्ता र दुर्व्यवहारको जोखिममा रहेका छन् । 

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१९ देखि जनवरी ४ लाई विश्व ब्रेल दिवसका रूपमा मनाउने गरिएको छ । यो दिवसको उद्देश्य दृष्टिविहीन र आंशिक दृष्टिविहीन व्यक्तिहरूलाई मानव अधिकारको पूर्ण अनुभूतिमा सञ्चारको माध्यमको रूपमा ब्रेलको महत्त्वबारे चेतना जगाउनु हो । 

अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धिको धारा २ मा प्रतिबिम्बित भएअनुसार शिक्षा, अभिव्यक्ति र विचारको स्वतन्त्रताका साथै सामाजिक समावेशीकरणको सन्दर्भमा विश्व ब्रेल दिवस सान्दर्भिक छ ।

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  ११:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro