site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पत्रकार श्यामसुन्दर पुडासैनीको निधन 

काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । ३३ वर्षीय पुडासैनीको शुक्रबार राति अकस्मात निधन भएको हो ।

पुडासैनी शुक्रबार राति ११ बजेतिर सरस्वतीनगरस्थित निवासमा अकस्मात ढलेका थिए । चाहबिलस्थित हेल्पिङह्यान्ड अस्पतालमा लगिएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । 

नुवाकोट स्थायी घर भएका पुडासैनीले हिमालय टाइम्स, रेडियो अन्नपूर्ण, प्राइम टीभी, माउन्टेन टीभी, जनता टीभीलगायतमा काम गरेका थिए । पछिल्लो समय उनी नेपालभ्युज अनलाइनको उपसम्पादक थिए । 

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  १०:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro