site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सिबिफिनको अध्यक्षमा पौड्याल सर्वसम्मत

काठमाडौं । बैंक तथा वित्तीय परिसंघ नेपाल (सिविफिन)को अध्यक्षमा उपेन्द्र पौड्याल सर्वसम्मत चयन भएका छन् । शुक्रबार पाँचौँ साधारणसभामा पौड्याल दोस्रो कार्यकालका लागि निर्विरोध अध्यक्ष चयन भएका हुन् ।

सिविफिनको वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय पनि सर्वसम्मत भएका छन् । यस्तै, उपाध्यक्षमा कुशप्रसाद मल्ली चयन भएका छन् भने महासचिवमा हिमालयन बैंकका प्रचण्डबहादुर श्रेष्ठ चयन भएका छन् ।

निर्वाचन प्रकृयामा सचिवबाहेक अन्य पदमा सहमति जुटेको थियो ।

सचिव पदका लागि महेन्द्रकुमार गोयल र थानेश्वर पौडेलको उमेदवारी परेको थियो । तर, पौडेल ३२ मतसहित सचिवमा निर्वाचित भए । उनका प्रतिद्वन्दी गोयलले २३ मत पाए ।

कोषाध्यक्ष पदका लागि भने एनआईसी एसिया बैंकका तुलसीराम अग्रवाल र सह–कोषाध्यक्षका लागि गोर्खा फाइनान्सका गौरव बुढाथोकी चयन भएका छन् ।

सदस्यमा राजाराम खड्का, डा. बालगोपाल वैद्य, लीलाप्रकाश सिटौला, मनोजकुमार गोयल, चन्द्रबहादुर अधिकारी, राधेश पन्त, रमण नेपाल, सुदीप आचार्य, चिन्तामणि भट्टराई र लक्ष्मीप्रसाद महर्जन चयन भएका छन् । 

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  २०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro