site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चौथो त्रैमासमा बीवाईडीले उछिन्यो टेस्लालाई

काठमाडौं । सन् २०२४ को चौथो त्रैमासमा विद्युतीय कार निर्माता बीवाईडीले बिक्रीका आधारमा टेस्लालाई पछि पारेको छ ।

अमेरिकी ईभी निर्माता टेस्लाको बिक्री अपेक्षाकृत नभएपछि चिनियाँ ईभी निर्माता बीवाईडीले उछिनेको हो ।

चीनको सेन्जेनमा आधारित बीवाईडीले अमेरिकाको टेक्सासमा रहेको टेस्लालाई डेलिभरीका आधारमा करिब २० प्रतिशतले पछि पारेको हो ।

चौथो त्रैमासमा बीवाईडीले ५ लाख ९५ हजार ४१२ ब्याट्रीका ईभी डेलिभर गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १३.१ प्रतिशतले बढी हो ।

यस अवधिमा विश्वका धनाढ्य एलन मस्कको टेस्लाले ४ लाख ९५ हजार ५७० गाडी डेलिभर गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा यो २.३ प्रतिशतले मात्रै बढी हो ।

बीवाईडीले सन् २०२४ मा करिब २४ लाख कार बिक्री गरेको बताइएको छ । सन् २०२३ को तुलनामा ४१ प्रतिशतको यो वृद्धि टेस्लालाई विश्वकै ठूलो ईभी कम्पनीको सूचीबाट उछिन्नसक्ने चुनौती बनेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro