site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बझाङमा जीप दुर्घटना : तीनजनाको मृत्यु
प्रतिकात्मक तस्बिर ।

चैनपुर (बझाङ) । बझाङमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा बिहीबार साँझ धमेनानजिकै जीप दुर्घटना हुँदा तीनैजनाको घटनास्थलमै ज्यान गएको प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले जानकारी दिए ।

दुर्घटनामा घाइते एक बालिकालाई उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याउँदै गरेको प्रजिअ भट्टराईले बताए । जीपमा कतिजना सवार थिए भन्ने एकीन जानकारी नआएको उनले बताए । अहिले प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्ना नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ । रासस

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  २२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro