site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन

काठमाडौं । नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन भएको छ । उनको बिहीबार बिहान ९२ वर्षको उमेरमा निधन भएको हो ।

सन् १९५९ मा शाखा अधिकृतबाट परराष्ट्र सेवा प्रवेश गरेकी शाह भारतका लागि नेपाली राजदूत भएकी थिइन् । उनले २०४४ चैत १९ गतेबाट भारतको लागि नेपाली राजदूतको जिम्मेवारी सम्हालेकी थिइन् । शाह २०४८ कात्तिक १५ गतेसम्म भारतका लागि नेपाली राजदूत रहेकी थिइन् । 

उनी परराष्ट्र मन्त्रालयमा सहसचिव हुने पहिलो नेपाली महिला हुन् । यस्तै, राजदूत हुने पनि उनी नेपालको पहिलो महिला हुन् ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका अलवा परराष्ट्र मन्त्रालयमा रहँदा उनले अमेरिकाको वासिङ्टन डीसी र बंगलादेशको ढाकास्थित नेपाली दूतावासमा रहेर पनि काम गरेकी थिइन् । 

उनी सन् १९६१ मा वासिङ्टन डीसीस्थित नेपाली दूतावासमा द्वितीय सचिवको रूपमा काम गर्न गएकी थिइन् । शाहले अमेरिकाको कोलम्बिया विश्वविद्यालयबाट स्नातक गरेकी थिइन् । यस्तै, जोन हप्किन्स विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी थिइन् । 

२०४६ सालमा नेपालमा राजनीतिक परिवर्तन भएपछि तत्कालीन सरकारले उनलाई भारतीय राजदूतबाट फिर्ता बोलाएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १६:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro