site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पिंगलास्थानको होटेलमा मृत भेटिएकी युवतीसँग बसेका थिए देवबहादुर, आज उड्दै थिए जापान !

काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित होटेल वाग्मतीको ३०८ नम्बर कोठामा मृत भेटिएकी बौद्धकी सुस्मिता खड्कासँग जोरपाटीका २३ वर्षीय देवबहादुर थापा बसेको खुलेको छ । 

सुस्मिताको मृत्युपछि भने उनी भागेर ओखलढुंगा पुगेको प्रहरीको अनुसन्धानका क्रममा देखिएको छ । प्रहरीले थापाको खोजीका लागि एउटा टोली नै ओखलढुंगा पठाएको छ ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘‘सुस्मिताको मृत्यु भएपछि थापाले बाहिरबाट चाबी लगाएर भागेको देखिएको छ । तर, युवतीको बाहिरी चोट नदेखिकाले मृत्यु कसरी भएको खुलेको छैन ।’’

ती अधिकारीका अनुसार, सुस्मिताको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । पोस्टमार्टम रिपोर्टपछि थप खुल्ने प्रहरीको अपेक्षा छ ।

२२ वर्षीया खड्काको शव बुधबार फेला परेको थियो । थापा र सुस्मिता पुस १६ गते (मंगलबार) कोठामा बस्न पुगेको खुलेको छ । फरार रहेका थापा मंसिर ३० गतेमात्रै जापानबाट काठमाडौं आएका थिए । उनी आज (बिहीबार) फर्किने तयारीमा थिए ।

प्रहरीले थापाको ट्राभल रोक्का राख्न अध्यागमन कार्यालयलाई पत्राचार गरिसकेको अनुसन्धानमा खटिएका एक अधिकारीले बताए ।

प्रहरीका अनुसार, सुस्मितासमेत जापान जाने तयारीमा थिइन् ।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी नवराज अधिकारीले घटनाको अनुसन्धान जारी रहेको जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १५:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro