site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
३१ हजार पर्यटकले गरे अन्नपूर्ण पदमार्गको भ्रमण
फाइल तस्बिर ।

लमजुङ । विश्व चक्रिय अन्नपूर्ण पदमार्गमा गत सन् २०२४ मा ३० हजार ८६६ विदेशी पर्यटक आएका थिए । 

विश्वकै १०औँ स्थानमा पर्ने यस पदमार्गमा एक वर्षको अवधिमा आएका पर्यटकमध्ये १८ हजार ४९९ पुरुष, १२ हजार ३६२ महिला र पाँच अन्य व्यक्ति रहेका थिए । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार सार्क राष्ट्रका एक हजार ५६७ पुरुष र २८७ महिला यहाँ आएका थिए ।

अन्य राष्ट्रका १६ हजार ९३२ पुरुष, १२ हजार ७५ महिला र अन्य पाँच विदेशी पर्यटक आएका थिए ।

फ्रान्स, इजरायल, जर्मनी, बेलायतलगायत देशका नागरिक बढी आएका केन्द्रका इन्चार्ज गुरुङले बताए ।  

कोरोना महामारीले थला परेको यस क्षेत्रमा केही वर्षदेखि क्रमशः पर्यटक बर्सेनि बढ्दै गएको पाइन्छ । सन् २०२३ को तुलनामा सन् २०२४ मा नौ हजार ६१९ बढी विदेशी पर्यटक आएका थिए । 

सन् २०२३ मा २१ हजार २४७ विदेशी पर्यटक आएका थिए । रासस

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  ०६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro