site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बिमा रकम भुक्तानी

काठमाडौं । कुमारी बैंक लिमिटेडले 'कुमारी परिवार सुरक्षा बचत खाता' योजनाअन्तर्गत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ । खातावालाको परिवारको तर्फबाट बिमितकी श्रीमती मुना राणालाई बैंकको टोखा शाखाबाट रकम हस्तान्तरण गरिएको हो ।

कुमारी बैंकले 'कुमारी परिवार सुरक्षा बचत खाता'मा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावालासहित परिवारका चारजना सदस्यले २६ लाख रुपैयाँसम्मको बिमा प्राप्त गर्न सक्ने सुविधा छ ।

कुमारी बैंकले देशभर रहेका ३०२ शाखा कार्यालय, ३१५ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ इकाईमार्फत सेवा दिँदै आएको छ । 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  २२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro