site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
स्विट्जरल्यान्डमा आजदेखि बुर्का लगाउन नपाइने, उल्लंघन गरे डेढ लाखसम्म जरिवाना

काठमाडौं । स्विट्जरल्यान्डमा आजदेखि सार्वजनिक स्थानमा हिजाब तथा बुर्का लगाउन प्रतिबन्ध लगाइएको छ । अरू कुनै पनि माध्यमबाट अनुहार छोप्न महिलालाई प्रतिबन्ध लगाइएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार, यस कानूनको उल्लंघन गरे एक लाख ५१ हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ ।

सन् २०२१ मा स्विट्जरल्यान्डमा भएको जनमत संग्रहमा ५१.२१ प्रतिशत नागरिकले बुर्कामाथि प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेका थिए । त्यसपछि बुर्कामाथि प्रतिबन्ध लगाउने कानून बनेको थियो । जुन आजदेखि लागु भएको छ ।

स्विट्जरल्यान्डभन्दा पहिले बेल्जियम, फ्रान्स, डेनमार्क, अस्ट्रिया, नेदरल्यान्ड र बुल्गेरियाले यस्तै कानुन बनाइसकेका छन् । नयाँ कानून लागु भएसँगै सार्वजनिक कार्यालय, सार्वजनिक यातायात, रेस्टुरेन्ट, पसललगायत सार्वजनिक स्थानमा महिलाले अनुहार पूरै ढाक्न पाउने छैनन् ।

सन् २०२२ मा, स्विस संसद्को तल्लो सदनले अनुहार छोप्न प्रतिबन्ध लगाउने कानूनको पक्षमा मतदान गरेको थियो । यसमा १५१ सदस्यले कानुनको पक्षमा र २९ सदस्यले विपक्षमा मतदान गरेका थिए ।

कतिपयले यस कानूनले मुस्लिम महिलालाई अनुचितरूपमा लक्षित गरेको बताएका छन् । यस कानूनका पक्षधरले सार्वजनिक स्थानमा सांस्कृतिक मूल्य र सुरक्षाका लागि आवश्यक कदम भएको दाबी गर्छन् ।

 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  ०९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro