site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
फाइल तस्बिर ।

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । 

समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी अधिकतम रु ९० रुपैयाँ तोकिएको छ । 

गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु ४५ कायम गरिएको छ । 

 आलु रातो प्रतिकेजी रु ५५, आलु रातो (भारतीय) प्रतिकेजी रु ४४, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७२, गाजर (लोकल) प्रतिकेजी रु १३०, तराई गाजर प्रतिकेजी १२०, बन्दा (लोकल) प्रतिकेजी रु ३०, बन्दा (तराई) प्रतिकेजी ३० कायम भएको छ ।

बन्दा (नरिवल) प्रतिकेजी रु ३५, काउली स्थानीय प्रतिकेजी रु ३०, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु ६०, काउली (तराई) प्रतिकेजी रु २५, मूला रातो प्रतिकेजी रु ४० रुपैयाँ निर्धारण गरिएको छ । 

मूला सेतो (लोकल) प्रतिकेजी रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ५०, भन्टा लाम्चो प्रतिकेजी रु ५०, भन्टा डल्लो प्रतिकेजी रु ६०, मकै बोडी प्रतिकेजी रु ७० रुपैयाँ तोकिएको छ । 

मटरकोसा प्रतिकेजी रु १५०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ८०, घिउ सिमी (राज्मा) रु ९०, टाटे सिमी प्रतिकेजी रु ६० निर्धारण गरिएको छ ।

समितिले तिते करेला प्रतिकेजी रु ११०, लौका प्रतिकेजी रु ६०, स्कुस प्रतिकेजी रु ३५, रायो साग प्रतिकेजी रु ३०, पालुङ्गो प्रतिकेजी रु ९० रुपैयाँ निर्धारण गरिएको छ । 

चमसुर प्रतिकेजी रु ९०, तोरीको साग प्रतिकेजी रु ५०, मेथी साग प्रतिकेजी रु ९०, तरुल प्रतिकेजी रु ८०, च्याउ कन्य प्रतिकेजी रु १००, च्याउ डल्ले प्रतिकेजी रु ४००, राजा च्याउ प्रतिकेजी रु ३००, सिताके च्याउ रु ८०० रुपैयाँ कायम गरिएको छ । 

हरियो धनिया प्रतिकेजी रु ७०,  ब्रोकाउली प्रतिकेजी रु ४०, गान्टेमुला प्रतिकेजी रु ८०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, कागती प्रतिकेजी रु १३०, लोकल काँक्रो प्रतिकेजी रु १२० रुपैयाँ तोकिएको छ । 

समितिले काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ९०, लप्सी प्रतिकेजी रु ६० र गुन्द्रुकको मूल्य प्रतिकेजी रु ३०० तोकेको छ ।

झोले स्याउ प्रतिकेजी रु २६०, फुजी स्याउ प्रतिकेजी रु ३००, केरा प्रतिदर्जन रु १७०, अङ्गुर हरियो प्रतिकेजी रु २५०, अंगुर (कालो) प्रतिकेजी रु ३८०, मेवा (नेपाली) प्रतिकेजी रु ७० रुपैयाँ तोकिएको छ । 

मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु ११०, एभोकाडो प्रतिकेजी रु २५० निर्धारण गरिएको छ । रासस

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  ०७:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro