site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जापानमा नयाँ वर्षको पूर्वसन्ध्यामा घरमा आगलागी हुँदा दुईजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

टोकियो । टोकियोको एक आवासीय क्षेत्रमा मंगलबार साँझ आगलागी हुँदा दुईजनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय समयअनुसार साँझ ५ बजे टोकियोको सुमिडा वार्डमा रहेको एक दुईतले घरमा आगलागी भएको खबर आएको थियो ।

तीव्र हावाको बीचमा आगो केही मिनेटमै फैलिएको र घरलगायत कम्तीमा आठवटा भवनमा आगो लागेको प्रतिवेदनले जनाएको छ ।

जापानको सबैभन्दा अग्लो ब्रोडकास्टिङ टावर तथा लोकप्रिय पर्यटक स्थल टोकियो स्काईट्री नजिकै उक्त घटना भएको हो । रासस/सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  २३:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro