site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सेयर बजार ३६ अंकले घट्यो, फाइनान्स समूहमा पहिरो

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ३६ अंकले घटेको छ । खुलेदेखि नै ओरोला लागेको बजार अन्त्यमा ३६.३२ ले घटेर बन्द भएको हो ।

बजार घटेसँगै समग्र बजार मापक २,५७३.२६ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

बजार घट्दा १८ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ । २२३ कम्पनीको सेयरमूल्य घटेको छ । नदीप लघुवित्त, उपकार लघुवित्त, नेपाल इन्फास्ट्रचर बैंक, रसुवागढी हाइड्रो पावर लिमिटेडलगायत कम्पनी उच्च कमाउनेमा परे ।

पाँच अर्ब ५६ करोड, ९२ लाख ६२ हजार रुपैयाँ बराबरको एक करोड २९ लाख ३५ हजार २९० कित्ता सेयर खरिद बिक्री भएको छ ।

समूहगत उपसूचकतर्फ अन्य समूहको सेयर ०.०६ प्रतिशतले बढेको छ । घट्नेमा सबैभन्दा धेरै फाइनान्स समूह ५.१९ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro