site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सर्लाहीमा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

सर्लाही । सर्लाहीको बरहथवास्थित नयारोड सडकखण्डमा उखु बोकेको ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । 

बरहथवा नगरपालिका–९ शान्ति चोकमा गएराति उखु बोकेर हरिवनतर्फ आउँदै गरेको ज१त ९८७६ नम्बरको ट्रयाक्टर र नयाँरोडबाट बरहथवा जाँदै गरेको ज४प ३७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।  दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बरहथवा–५, राजुचोकका हरिन्द्र महतो र सोही स्थानका पुरुषोत्तम दास रहेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । 

महतोको बरहथवास्थित एडभान्स सञ्जीवनी अस्पतालमा र दासको बयोधा अस्पताल वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको श्रेष्ठले जानकारी दिए । रासस

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  ०८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro