site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सीडीएससीको सीईओमा प्रवीण पन्दाक नियुक्त

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सहायक कम्पनी सीडीएस एन्ड क्लियरिङ (सीडीएससी)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रवीण पन्दाक लिम्बु नियुक्त भएकी छन् ।

नेप्सेको उपप्रबन्धक रहेकी पन्दाकलाई सीडीएससी सञ्चालक समितिको आइतबारको बैठकले सीईओमा नियुक्त गरेको हो । उनी नेप्सेको सूचीकरण र सुपरीवेक्षण महाशाखामा कार्यरत थिइन् ।

पन्दाक सीडीएससीको सञ्चालक पनि थिइन् । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र कानुन संकायमा स्नातकोत्तर गरेकी छन् ।

यसअघिका सीईओ पूर्णप्रसाद आचार्यको कार्यकाल तीन महिनाअघि सकिएको थियो । 

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro