site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पारिवारिक रिसइबीका‍ कारण भएको थियो मूलपानीमा गोली प्रहार !
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित मूलपानीमा भएको गोली प्रहार घटनामा पारिवारिक रिसइबी नै मुख्य कारण रहेको खुलेको छ । शनिबार राति १० बजेतिर खोटाङका साहिर शंकरले मूलपानीका अर्जुन श्रेष्ठको घरमा गोली चलाएका थिए ।

गोली प्रहारबाट अर्जुन र उनकी श्रीमती घाइते भएका छन् । स्थानीयले प्रतिकार गर्दा साहिरसमेत घाइते भएका छन् ।

उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको काठमाडौं प्रहरीको एसपी नवराज अधिकारीले जानकारी दिए ।

अर्जुन श्रेष्ठका परिवारले भने ती युवक चोरी गर्ने उद्देश्यले घरमा आएको भन्दै हल्ला गरेपछि स्थानीयले कुटपिट गरेका थिए ।

तीनजना नै घाइते भएका कारण थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १२:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro