site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजामा कम्तीमा १७ हजार ४९२ बालबालिकाको मृत्यु : संयुक्त राष्ट्रसंघ
फाइल तस्बिर ।

नयाँदिल्ली । संयुक्त राष्ट्रसंघले आफ्नो प्रतिवेदनमा विश्वका १९ प्रतिशत बालबालिका द्वन्द्वग्रस्त क्षेत्रमा बस्ने तथा ४७ करोड २० लाख द्वन्द्व र हिंसाका कारण विस्थापित भएको बताएको छ ।

शनिबार जारी गरिएको अध्ययनमा संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले प्यालेस्टाइन, म्यानमार, हाइटी र सुडान जस्ता क्षेत्रमा चलिरहेको द्वन्द्वलाई प्रकाश पार्दै विश्व दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब द्वन्द्वको सामना गरिरहेको बताएको छ ।

गाजा र युक्रेनमा भएको द्वन्द्वमा हजारौँ बालबालिका मारिएका तथा घाइते भएकाले सन् २०२३ को तुलनामा सन् २०२४ को पहिलो नौ महिनामा बढी बालबालिकाको मृत्यु भएको राष्ट्रसंघले पुष्टि गरेको छ ।

रिपोर्टका अनुसार इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वका कारण गत १५ महिनामा गाजामा कम्तीमा १७ हजार ४९२ बालबालिकाको मृत्यु भएको छ ।

यसैबीच, युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले सन् २०२४ द्वन्द्वमा परेका बालबालिकाका लागि रेकर्डमा सबैभन्दा नराम्रो वर्ष हुने बताए । रासस/एएनआई

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  २३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro