site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सम्पत्ति शुद्धीकरणमा गौतम, लिम्बू र थापा दोषी ठहर

काठमाडौं । १० वर्षअघि कृषि विकास बैंकका कर्मचारीको मिलेमतोमा भएको करिब ३४ करोड हिनामिनामा बैंकका तत्कालीन शाखा अधिकृत केदारप्रसाद गौतम, सूर्यबहादुर लिम्बू र कृष्णहरि थापा दोषी ठहर भएका छन् । कृषि विकास बैंकको स्वयम्भू शाखाबाट करिब ३४ करोड रुपैयाँ निकालिएको खुलेपछि अनुसन्धान थालिएको थियो ।

गौतम, लिम्बू र थापाले बैंकिङ कसुर, भ्रष्टाचार र सरकारी कागजात कीर्तेसमेतका मुद्दामा कसुर ठहर भइसकेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा भने गौतम, लिम्बू र थापा दोषी ठहर भएका छन् । उनीहरूले ३३ करोड ९३ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको देखिएको विशेष अदालतको ठहर छ ।

उनीहरूलाई सजाय तोक्न अदालतले पुस २२ गतेका लागि पेसी तोकेको छ ।

२०७२ सालमा रकम हिनामिनामा संलग्न भएको आरोपमा बैंकको स्वयम्भू शाखाका प्रमुख सुमन भुजेल, लेखापाल गीता पन्त र शाखा अधिकृत केदारप्रसाद गौतमसहित ९ जना पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको थियो ।

पन्त र गौतमले कोर बैंकिङ सिस्टम लागु नभएका शाखाहरूमा रेमिट्यान्सबाट रकम आएको देखाएर आफ्नो समूहले खोलेको नक्कली खातामा रकम जम्मा गरेका थिए । उनीहरूले २०७१ असारदेखि एक वर्षमा ५५ पटकमा गरी ३३ करोढ ८२ लाख ५७८ रुपैयाँ निकालेका थिए ।

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  २०:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro