site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
दक्षिण कोरिया विमान दुर्घटनामा मृतकको संख्या १५१ पुग्यो, ९ जनाको पहिचान हुन बाँकी

काठमाडौं । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १५१ पुगेको छ । विमानमा सवार १८१ जनामध्ये १५१ जनाको मृत्यु पुष्टि भएको नेसनल फायर एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ  । उनीहरूमध्ये ७१ महिला र ७१ पुरुष छन् । नौजनाको पहिचान हुन बाँकी छ ।

बैंककबाट आउँदै गरेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनामा परेको थियो ।

विमानमा सवारमध्ये १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए । विमानमा सवारमध्ये थाइल्यान्डका दुईजना र अरू दक्षिण कोरियाका नागरिक रहेको बीबीसीले जनाएको छ । नेसनल फायर एजेन्सीका अनुसार, विमानमा ५७ महिला, ५४ पुरुष र १३ अन्य थिए । 

थाइल्यान्डको बैंककबाट उडेको बोइङ ७३७–८०० विमान दक्षिण कोरियाको मुआन विमानस्थलमा दुर्घटनामा परेको थियो । दुर्घटनाको कारण अझै पुष्टि हुन सकेको छैन । तर, चरासँग ठोक्किँदा र खराब मौसमका कारण दुर्घटना भएको हुन सक्ने विश्वास गरिएको छ ।

दुर्घटनामा परेकामध्ये अहिलेसम्म दुई जनाको जीवितै उद्धार गरिएको छ । उनीहरू उडान दलका सदस्य रहेको बीबीसीले जनाएको छ । उनीहरूमध्ये एक पुरुष र एक महिला हुन् । उनीहरू विमानको पुच्छर भागमा भेटिएको नेसनल फायर एजेन्सीले जनाएको छ ।

आजको विमान दुर्घटनालाई दक्षिणको कोरियाको उडान इतिहासमा अहिलेसम्मकै खराब भनिएको छ । यसअघिसम्म सन् २००२ मा भएको एयर चाइनाको विमान दुर्घटनालाई दक्षिण कोरियामा इतिहासकै खराब दुर्घटना भनिन्थ्यो । त्यस दुर्घटनामा १२९ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १४:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro