site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सेनाका उपरथी र प्रहरीका एआईजीले पनि रातो पासपोर्ट पाउने

काठमाडौं । नेपाली सेनाका उपरथी, नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरिक्षक (एआईजी) र राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशकले पनि विदेश भ्रमण गर्दा रातो पासपोर्ट प्रयोग गर्न पाउने भएका छन् । 

सरकारले राहदानी नियमावली, २०७७ संशोधन गरी उनीहरूले पनि रातो पासपोर्ट (कूटनीतिक राहदानी) प्रयोग गर्न पाउने व्यवस्था गरेको हो ।

सरकारी काम वा विशेष कामको लागि यसअघि विदेश भ्रमणमा जाँदा उपरथी र एआईजीहरूले रातो पासपोर्ट पासपोर्ट प्रयोग गर्न पाउँदैनथे । सरकारले केही साताअघि संशोधन गरेको ‘राहादानी (दोस्रो संशोधन) नियमावली, २०८१’मा उक्त व्यवस्था गरेको हो ।
 
“राहदानी नियमावली, २०७७ (यसपछि ‘मूल नियमावली’ भनिएको)को नियम १० को खण्ड (ढ)मा रहेका ‘प्रदेश न्याय सेवा आयोगका अध्यक्ष’ भन्ने शब्दावलीहरूपछि ‘उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक’ भन्ने शब्दहरू थपिएका छन्,” संशोधन गरिएको राहदानी नियमावलीमा भनिएको छ । 

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १३:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro