site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पूर्वसदस्य वस्तीको निधनमा आयोगले १३ दिन शोक मनाउने 

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आयोगका पूर्वसदस्य प्रकाश वस्तीको निधनप्रति गहिरो शोक व्यक्त गरेको छ । वस्तीको तीन दिनअघि हृदयाघातका कारण निधन भएको थियो । 

वस्तीले मिति ०७१ कात्तिक ३ गतेदेखि ०७७ कात्तिक ७ गतेसम्म ६ वर्ष आयोेगको सदस्यको जिम्मेवारी निर्वाह गरी मानव अधिकारको संरक्षण र सम्वर्द्धनका साथै आयोगका कामकारबाहीलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको प्रवक्ता डा. टीकाराम पोखरेलले जनाएका छन् । 

‘‘यस दुःखद घडीमा आयोगले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गरेको छ,’’ विज्ञप्तिमा भनिएको छ । 

आयोगले वस्तीको सम्मान र सम्झनामा आयोगमा उनको तस्बिरसहित १३ दिनसम्म शोकपुस्तिका राख्ने र तेह्रौँ दिनका दिन श्रद्धाञ्जलीसभा आयोजना गर्ने जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro