site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा २० जनाको मृत्यु, १७ घाइते
फाइल तस्बिर ।

खार्तुम । पश्चिमी सुडानको एल फसार सहरका दुई शरणार्थी शिविरमा विद्रोही अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ)ले गरेको आक्रमणमा कम्तीमा २० नागरिकको मृत्यु भएको छ । १७ जना घाइते छन् ।

“हिजो राति (शुक्रबार) विद्रोही अर्धसैनिक आरएसएफले स्कुलमा चार बम खसालेको छ । साथै, आज बिहान उत्तरमा रहेको अबु शौक विस्थापन शिविरमा विद्रोही अर्धसैनिक आरएसएफले गोलाबारी गरे, जसमा एक नागरिकको मृत्यु भयो र एक किशोरी घाइते भइन्,” उत्तरी डार्फर राज्यका स्वास्थ्य महानिर्देशक इब्राहिम खातिरले भने ।

विद्रोही अर्धसैनिक आरएसएफले एल फशरमा भएका दुई घटनाबारे हालसम्म कुनै टिप्पणी गरेको छैन ।

उत्तरी डार्फर राज्यको राजधानी सहर एल फशरमा मे १० देखि सुडानी सशस्त्र बल (एसएएफ) र आरएसएफबीच भीषण झडप भइरहेको छ ।

अन्तर्राष्ट्रिय संस्थाहरूको पछिल्लो अनुमानका अनुसार, सुडान सन् २०२३ को मध्य अप्रिलदेखि विनाशकारी द्वन्द्वको चपेटामा छ । यसबाट कम्तीमा २९ हजार ६८३ जनाको मृत्यु भइसकेको छ । १४ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro